Tuesday 23rd September 2025

सुनसरीमा विद्यालय संचालकको गोली हानी हत्या


तितोपाटी – भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका संचालकको गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुईजनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुलका संचालक मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए। उनलाई गोलीप्रहार गरेकाे स्थानस्कुलबाट एक सय मिटर टाढा पर्छ। बाटोमा हिँडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए। बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएकाछन्। घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएकाहुन। गोली प्रहारको कारण बारे केही खुलेको छैन।

मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

हत्यारा समात्न जिल्ला प्रशासनले सिमाना सिल गर्ने बताए पनि उनीहरु भारततिर भागिसकेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...