Saturday 4th April 2026

बागलुङमा १५ वर्षीया किशोरी बलात्कृत, बलात्कारी प्रहरी हिरासतमा


तितोपाटी – बागलुङमा गत हप्ता मेलाबाट घर फर्कंदै गरेकी एक किशोरी बलात्कृत भएकी छन् । घटनामा संलग्न आरोपमा प्रहरीले निसीखोलाका दुई युवकलाई पक्राउ गरेको छ ।

भदौ २७ मा निसीखोला–४ को कानबगरमा तीजको मेला हेरेर फर्केकी १५ वर्षीया किशोरीलाई स्थानीय युवकले बलात्कार गरेका थिए ।

किशोरीका अभिभावकको उजुरी परेपछि ती युवकलाई गाउँबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । पक्राउ पर्नेमा निसीखोला–५ का खगेन्द्र विक र रामबहादुर विक छन् ।

उनीहरूलाई बुधबार बुर्तिबाङबाट सदरमुकामस्थित जिल्ला प्रहरी कार्यलयमा ल्याइएको छ । बलात्कारीले गाउँमै मिलापत्र गर्ने प्रयास गरेका थिए । पीडित परिवार नमानेपछि घटना प्रहरीसम्म पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...