Saturday 4th April 2026

चितवनमा प्रधानाध्यापकले विद्यार्थीलार्इ कुटेर कानबाट रगत नै बगाइदिए


तितोपाटी – नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ ।

उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । शिक्षक ओमकुमार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेको पीडित बालकका वुवा वीरबहादुर सार्कीले बताए ।

विद्यालय प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेका छन् । विद्यार्थीहरुलाई गालामा पिट्दा खुमानलाई कानमा लागेर रगत आएको हुन सक्ने उनले बताए ।

प्रध्यानाध्यापक श्रेष्ठले खुमानको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने बताए । तर, विद्यार्थीको कानमा पहिले नै समस्या भएकोले रगत आएको उनको दावी छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...