Tuesday 23rd September 2025

काठमाण्डाैंमा फेरी युवतीमाथि सामुहिक बलात्कार


तितोपाटी – २१ वर्षीया एक युवतीमाथि काठमाडौंको भीमढुंगामा सामूहिक बलात्कार भएको छ। बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी छन्।

नागार्जुन नगरपालिका–७ हसनटार बस्ने युवतीलार्इ उनीहरुले ललाइफकाई नगरकोटीले सञ्चालन गरेको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

ती युवती सोमबार स्युचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले खोजतलास गरेको थियो। प्रहरी टोलीले नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...