Tuesday 1st September 2026

नासाले लेजर उपग्रह प्रक्षेपण गर्यो


अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ। करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो।

करिब आधा टन भारबहन क्षमताको आइसस्याट–२ नामको उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँको अवस्थाबारे अध्ययन गर्ने नासाले जनाएको छ।

यसअघि सन् २००३ मा प्रक्षेपण गरिएको आइसस्याटको समयावधि सन् २००९ मा समाप्त भएको थियो। पहिलो मिसनले समुद्रको हिउँको पत्र पातलिँदै गएको र ग्रीनल्यान्ड तथा अन्टार्कटिकाको तटीय क्षेत्रबाट हिउँको पत्र हराउँदै गएको पत्ता लगाएको थियो।

तर पछिल्ला नौ वर्षमा अपरेशन आइसब्रीज नामको हवाई अभियान सञ्चालनमा थियो। यी हवाईजहाज उत्तरी र दक्षिणी ध्रुवको माथि उडाइएको थियो र यसबाट बदलिँदो हिउँको उचाइ मापन गरिन्थ्यो।

तर नवीनतम प्रविधिका साथ अन्तरिक्षबाट लिइने तस्वीर र जानकारी बढी यथार्थपरक हुनेछ।

नयाँ लेजरले एक सेकेन्डमा १० हजार पटक तस्वीर लिन सक्दछ जबकी पहिलो मिसनमा समाविष्ट आइसस्याटले प्रति सेकेन्ड ४० पटक मात्र फायर गर्दथ्यो।

यो अन्तरिक्ष अभियान तीन वर्ष चल्नेछ तर यसमा १० वर्षका लागि पुग्ने इन्धनको व्यवस्था गरिएको छ। यदि व्यवस्थापनले यसलाई अझ लामो अवधिसम्म प्रयोग गर्न चाह्यो भने अवधि बढाउन सकिनेछ।


सम्बन्धित शीर्षकहरु

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत…

रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म…

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

प्रतिकृयाहरू
...