Thursday 5th March 2026

कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्यु


तितोपाटी – कञ्चनपुरमा एक महिला झ्यालमा झुंडिएको अबस्थामा मृत भेटिएकी छिन् । कैलालीको गोदावरी नगरपालिका १० मालाखेतीमा ती महिलाको रहस्यमय मृत्यु भएको हो । मालाखेतीकी २४ वर्षीया तुल्सी फुलाराको घरभित्रै झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

फुलाराको शनिबार राति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनले आधा शरिर सुत्ने खाटमा रहेको अवस्थामा शव फेला परेकाले मृत्यु शंकास्पद रहेको बताए ।

अनुसन्धानका लागि प्रहरीले तुल्सी फुलाराका श्रीमान प्रशान्तलाई नियन्त्रणमा लिएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै बताउन सकिने प्रहरीले जनाएको छ ।

माइती पक्षले पनि तुल्सीले आत्महत्या नगरेर हत्या नै भएको दावीसहित प्रशान्तविरुद्ध किटानी जाहेरी दिएका छन् । तुल्सीका दाई प्रभाष भट्टले आधा शरिर सुत्ने विस्तारामा रहेको अवस्थामा आत्महत्या हुनै नसक्ने भन्दै आफ्नी बहिनीको हत्या भएको बताए ।

उनले प्रशान्तले आफ्नी बहिनीलाई पटक पटक कुटपिट गर्ने गरेको बताउँदै आजित भएर बहिनी केही समय माइतीमा बस्दै आएको बताए । तर केही समय पहिला मात्रै प्रशान्तले आईन्दा कुटपिट नगर्ने बताएपछि बहिनीलाई पठाएको बताए ।

फुलारा र भट्टको डेढ वर्ष अगाडि मागी विवाह भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...