Tuesday 7th May 2024

साप्ताहिक राशिफल(असोज ४ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 

अभिभावकको सुझावलाई ख्याल गरे प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक काम गर्न सके धन आर्जनसमेत गर्न सकिएला । जिम्मेवारीको काममा विवेक पुर्‍याउनुपर्नेछ । राम्रो अवसर प्राप्त हुन सक्छ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन् । पूण्य कार्यतर्फ आकर्षित भइनेछ ।

वृष 

मनले नसोचेका स्थानको भ्रमण गर्दै स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ । रचनात्मक कार्य गरी हितैषीहरूको मन जित्न सकिनेछ । अध्ययनका लागि विदेश यात्राको अवसर जुट्न सक्छ । साताको अन्त्यतिर खर्च वृद्धि भै ऋणको चपेटामा पर्न सकिन्छ ।

मिथुन 

आफ्नो दृढताकै कारण प्रतिस्पर्धामा जित हात पर्नेछ । आलोचना गर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । काममा देखा पर्ने स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ । कार्य सम्पादन गर्दा विशेष होसियारी अपनाउनुहोला । सुनौलो रंगको प्रयोग फलदायी साबित हुनेछ ।

कर्कट 

योग तथा ध्यानले दुर्भावनाहरू समाप्त गर्नेछ भने भावी मार्ग पहिल्याउन सहज हुनेछ । असहज परिस्थितिलाई नियन्त्रण गर्न सके लाभसमेत हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै नयाँ काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक होला ।

सिंह 

उच्च ओहदाका व्यक्तिहरूले निगरानी गरिरहेका छन्, सर्तकता अपनाउनुहोला । विवेक पुर्‍याएर कार्य गरे उचित स्थान प्राप्त हुनेछ । बाहिरी कुरामा विश्वास गरी प्रेमी–प्रेमिकाले चित्त दुखाउँदा आफैंलाई पनि निराशाले सताउनेछ । सोमबारपछि स्थिति सामान्य होला ।

कन्या 

सफलताका लागि कडा मेहनत गर्नुपर्नेछ । अध्ययनमा बाधा खडा हुनुका साथै आफ्नो बोलीको आलोचना हुनसक्छ । चोटपटक लाग्ने सम्भावना टरिसकेको छैन । पश्चिम तर्फको यात्रा फाइदाजनक हुनेछ । एकल निर्णयमा सम्पन्न गरिएका कार्यमा सफलता प्राप्त होला ।

तुला 

आफ्नो नयाँ परिचय स्थापित गर्न सकिनेछ । गुणस्तरीय व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । सघाउन आउने आफन्तले नै षड्यन्त्र गर्न सक्छन्, सचेतना अपनाउनुहोला । मनोरञ्जन तथा भोजभतेरमा सहभागि हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।

वृश्चिक 

सहपाठी मित्रहरूबीच कार्यगत एकता भै नयाँ कामको श्रीगणेश हुनेछ । आकर्षक रोजगारी हात लाग्दा मनमा सन्तोष छाउनेछ । विदेश यात्राको अवसरसमेत जुर्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हँुदा विशेष ध्यान पुर्‍याउनुहोला । अरूको प्रशंसासमेत बटुल्न सकिनेछ ।

धनु 

हूलमूलमा जीउ–धन जोगाउने चेष्ठा गर्नुहोला । पारिवारिक खिचतानीका कारण सम्पन्न भैसकेको काम पनि ओझेलमा पर्न सक्छ । पैतृक सम्पत्तिको उपयोगबाट अतिरिक्त फाइदा उठाउन सकिनेछ । प्रेम सम्बन्धमा सावधानी अपनाउनुपर्नेछ । रात्रिको यात्रा गर्दा चिसोबाट जोगिनुहोला ।

मकर 

प्रशस्त आम्दानी हुने कार्यबाट परिवारबाट प्रशंसा पाइनेछ । भावी कार्ययोजनामा प्रेमी–प्रेमिकाले समर्थन जनाउनेछन् । गोपनीयता अवलम्बन गरे दैनिकी सहज होला । दान–पुण्य आदिले व्यवसाय स्वत: उचाइमा पुग्नेछ भने रोकिएका कामसमेत सम्पन्न हुनसक्छन् । साताको अन्त्यतिर स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्नेछ ।

कुम्भ 

विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदलले स्वास्थमा असर पार्न सक्छ । सोमबार तथा मंगलबार सतर्कतापूर्वक कार्य गर्नुहोला । मठ मन्दिरको यात्रामा समय खर्चदा तनावमुक्त भइनेछ । साताको अन्त्यमा फजुल खर्चले पिरोल्नेछ ।

मीन 

आकर्षक पहिरनबाट अरुको मन लोभ्याउन सकिनेछ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लागाउनेछ । साताको अन्त्यमा सार्वजनिक कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ ।

 


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...