Tuesday 23rd September 2025

रामेछापमा जबर्जस्ती गर्न खोज्दा बच्नको लागि रडले हान्दा नातिनीको हातबाट हजुरबाको मृत्यु


तितोपाटी – रामेछापमा एक जना तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ ।

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवाको ज्यान गएको हो । बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई हजुरबुवा पर्नेले नै जबर्जस्ती गर्न खोजेका हुन् ।

हजुरबुवाले बल प्रयोग गरेर लडाउन खोजेपछि बालिका हात फुत्काएर भाग्न सफल भएकी थिइन् । त्यसपछि बालिकाले आफ्नो घरमा आएर फलामको रड लिएर पूनः हजुरबुवाको घरतर्फ गएकी थिइन् । उनको घरमा पुग्नेबित्तिकै बालिकाले हजुरबुवालाई रडले हानेको र हजुरबुवाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको रडसहित बालिकाले प्रहरी चौकी रामेछापमा आत्मसमर्पण गरेकी छिन् । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जानकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...