Friday 9th October 2026

साफ च्याम्पियनसिपको फाइनल खेल शनिबार भारत र माल्दिभ्स बिच हुने


तितोपाटी – साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र माल्दिभ्स पुगेका छन्। सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग् ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । भारत र माल्दिभ्सले फाइनल खेल शनिबार खेल्ने छन्।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो । रक्षापंक्तिको लगातार कमजोरीमा नेपालले गोल खाएको थियो। वर्षाले बिथोलेको खेलमा माल्दिभ्सले पहिलो हाफमा फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो।

माल्दिभ्सका लागि नवौं मिनेटमा अक्रम अब्दुल घानीले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गरेका थिए। नेपालका विमल घर्तीमगरले माल्दिभ्सका खेलाडीलाई फल खेलेपछि माल्दिभ्सले फ्रिकिकको मौका पाएको थियो। त्यसमा घानीले उत्कृष्ट गोल गरे। माल्दिभ्स प्राविधिक रूपमा निकै बलियो देखिएको थियो।

छोटो पास र आवश्यकताअनुसार बल नियन्त्रणमा अब्बल देखिएको माल्दिभ्सले दोस्रो हाफको अन्तिमतिर दुई गोल थपेको थियो। माल्दिभ्सका लागि इब्राहिम हसन वाहिदले दुई गोल गरे। इब्राहिमले ८४औं र ८६औं मिनेटमा गोल गरेका थिए। नेपालले पछिल्ला दुवै गोल पनि रक्षापंक्तिकै कमजोरीमा खाएको थियो।

भारत र पाकिस्तानको खेल प्रतिस्पर्धात्मक बनेपनि पाकिस्तान दोस्रो हाफमा चुक्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको पाकिस्तानले तीनै गोल दोस्रो हाफमा खाएको हो ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...