Thursday 5th March 2026

पोखरामा ७० वर्षीया वृद्धा समेत बलात्कृत भएको अारोप


तितोपाटी – पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।

एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो ।

ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ ।
कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक -डिएसपी) रविन्द्रमान गुरुङले भने, ‘वृद्धा महिलाले म माथी बलात्कार भयो मात्र भन्नुहुन्छ, बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुलेको छैन ।’ बुढ्यौलीले बोलीसमेत प्रष्ट नबुझिने वृद्धाले बलात्कार-बलात्कार मात्र भन्ने गरेको उनले बताए ।

पाण्डे अझै प्रहरीको सम्पर्कमा आइसकेका छैनन् । किटानी जाहेरीपछि प्रहरीले बलात्कार गर्ने व्यक्तिको खोजी गरिरहे पनि पक्राउ गर्न सकेको छैन । यद्यपि पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको दाबी गरेको छ । उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोत बताउँछ । प्रहरीले बलात्कार भए-नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...