Saturday 4th April 2026

डोटीमा बस दुर्घटना हुँदा २४ जना घाइते, ६ को अबस्था गम्भीर


तितोपाटी – डाेटीको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको हाे ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि २४ यात्रु घाइते भएका छन् । तीमध्ये ६ को अवस्था गम्भीर छ ।

उनीहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको जानकारी प्रहरी नायब उपरीक्षक धामीले दिए ।

सडकबाट ६० मिटर तल खसेको बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...