Thursday 5th March 2026

कपिलवस्तु घर रहेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहिन


तितोपाटी- कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकि छन । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन  ।

यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी बसन्ता अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिपरामा छोरी खोजिदिन निवेदन दिनु भएको छ ।
अभिभावकको निवेदनको आधारमा खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय  पिपराका इन्सपेक्टर चन्द्र केसीले जानकारी दिनुभयो । बसन्ताको फोटो र हुलियासहित सबैतिर परिपत्र गरेका र खोजतलास तीव्र बनाएको उहाँको भनाई छ ।
प्रहरीले अनुसन्धानको लागि कल डिटेल झिकाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सभार- दिउराली एफएम


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...