Tuesday 23rd September 2025

कपिलवस्तु घर रहेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहिन


तितोपाटी- कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकि छन । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन  ।

यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी बसन्ता अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिपरामा छोरी खोजिदिन निवेदन दिनु भएको छ ।
अभिभावकको निवेदनको आधारमा खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय  पिपराका इन्सपेक्टर चन्द्र केसीले जानकारी दिनुभयो । बसन्ताको फोटो र हुलियासहित सबैतिर परिपत्र गरेका र खोजतलास तीव्र बनाएको उहाँको भनाई छ ।
प्रहरीले अनुसन्धानको लागि कल डिटेल झिकाउने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सभार- दिउराली एफएम


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...