Tuesday 23rd September 2025

मोरङमा ५ वर्षिय छोरा सहित अामाले गरिन् झुण्डिएर अात्महत्या


तितोपाटी – मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् ।

एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।

कविता र ५ वर्षीय अमनको मृत्यु भएको छ । डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । श्रीमान वितेपछि कविताले दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...