Wednesday 4th March 2026

कीर्तिपुरमा २ बालिकालार्इ बन्धक बनार्इ बलात्कार गरेको अारोपमा एक जना पक्राउ


तितोपाटी – कीर्तिपुरमा दुर्इ बालिकालार्इ बन्धक बनाएर बलात्कार गरेको अारोपमा एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुरमा कोठा भाडामा लिएर बस्ने हेम खत्री रहेको प्रहरीले जनाएकाे छ ।

पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि  थिइन् ।

अभिभावकले थाहा पाएपछि प्रहरीमा परेको उजुरीको अाधारमा खाेजतलास गर्दा अर्की बालिका पनि भेटिएको कीर्तिपुर वृतका डिएसपी अनिल खड्काले बताए । पीडित बालिकाहरुको स्वास्थ्य जाँचपछि अाइतबार नै अभिभावकलार्इ जिम्मा लगाइएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएकाे छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...