Tuesday 7th May 2024

साप्ताहिक राशिफल(भदाै २२ गते देखि २८ गते सम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष 

संयमित भै खानपान एवं जीवनचर्यामा ध्यानदिए स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भैसकेका व्यवसाय सञ्चालनमा ढिलासुस्ती हुन सक्छ । गोपनीयता भंग भै काममा बाधा सिर्जना होला । प्रयत्न गरे सजिलै अरूको मन जित्न सकिनेछ । वैदेशिक योजना भने सफल रहनेछ ।

वृष

योग, ध्यान तथा भ्रमणले तनाव कम गर्न सहयोग पुर्‍याउनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराश उत्पन्न हुन सक्छ । धार्मिक भ्रमण मनोरञ्जनमा परिणत हुनेछ भने भोजभतेरमा समेत सहभागी भइनेछ । स–साना त्रुटि औंल्याँउदै प्रेमी–प्रेमिका टाढिन सक्ने भएकाले उनीहरूको भावना बुझने प्रयास गर्नुहोला ।

मिथुन 

कर्मचारी वर्गमा उच्च ओहदाका व्यक्तिले निगरानी राख्नेछन् । मन पराउनेले बेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । मन मिल्ने मित्रहरूको सुझावले तनाव कम गर्नेछ । नियमित शारीरिक व्यायाम तथा योग गर्नाले थप ऊर्जा प्राप्त होला । रुचि नहुँदा–नहुँदै पनि भोजभतेरमा सहभागी हुनुपर्नेछ ।

कर्कट

कर्मचारीवर्गले विशेष होसियारी अपनाउनुहोला । आलोचना गर्नेहरू बढी नै भए पनि तपार्इंको दृढताका कारण पराजित भने हुनुपर्ने छैन । घुमघाम गर्ने अवसर जुट्नेछ । खर्चिलो यात्राले मनमा दुबिधा उत्पन्न गराउला । सेतो रंग प्रयोग गर्दा सफलता सहज हुनेछ । सानोतिनो त्रुटिले पनि मर्यादामा चोट पुर्‍याउन सक्छ ।

सिंह 

साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । लामो यात्रा गर्ने क्रममा स्वयं खर्च गर्नुपर्ने बाध्यता आइलाग्नेछ । छोटो समयमै विशेष उपलब्धि हासिल गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । सप्ताहन्तमा खराब आचरण हुनेहरूको संगतमा पुग्न सकिन्छ । उनीहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गनुहोला ।

कन्या 

जुक्ति–बुद्धि एवं कलाकौशल देखाएर प्रशंसक बटुलिनेछ । मनमा बसेका व्यक्तिसँग केही दिनको अन्तरमा भेट हुँदा मनका वह पोखिनेछन् । रोजगारी प्राप्त हुने सम्भावना छ । परोपकारी कार्यमा त्यति मन जाने देखिँदैन । खर्च बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् ।

तुला

मनको चञ्चलपनमा वृद्धि हुनेछ । रोकिएका कार्य सम्पन्न भै आर्थिक संकट समाधान हुनेछ । मनका भावना आदान–प्रदान गर्ने मित्र फेला पर्नेछन् । प्रसंगवश मन पराएको भावनासमेत व्यक्त हुनसक्छ । पारिवारिक मतको कदर गर्नुहोला । यात्रा तथा किनमेलमा खर्च गर्नुपर्ने हुनसक्छ ।

वृश्चिक 

परिस्थिति पहिचान गरी सम्पन्न गरिएको कार्यले उचित स्थान प्राप्त गर्नेछ । साथीहरूको भनाइमा भर पर्दा अवसर फुत्किने सम्भावना छ । आर्थिक कारोबारबाट टाढै रहनु उचित हुन्छ । परोपकारी कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा सरिक भइएला । उपहार लिई भेट्न आउनेहरूसँग सचेत रहनुपर्नेछ ।

धनु 

परिवर्तनकारी सप्ताह छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्वपूर्ण सुझाव तथा जिम्मेवारी दिनेछन् । कृषि क्षेत्रमा लगानी गर्ने प्रस्ताव प्राप्त हुन सक्छ । कर्मचारीहरूलाई थप जिम्मेवारी आइलाग्ने सम्भावना छ । साताको अन्त्यमा विभिन्न परिकार तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ ।

मकर 

दृढताका साथ गरिएका सबै खाले काममा सफलता हात लाग्नेछ । अरूलाई बढी विश्वास गर्दा अभिभावकहरू चिढिनेछन् । जिद्दी गर्ने स्वभावले समस्या सिर्जना गर्न सक्छ । विशेष कार्ययोजनाको जग बसाउन प्रेमी–प्रेमिकाहरूले साथ दिनेछन् । अरूको आशामा बस्नाले पछि परिनेछ ।

कुम्भ 

सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गरिनेछ । दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अघि बढिसकेको अवस्था छ । ठूलाबडासँगको प्रत्यक्ष भेटघाटले योजनाहरू सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनेछ । आर्थिक लेनदेनबाट टाढै रहनु बेस हुन्छ ।

मीन 

सुनौलो रंगको पहिरनले कार्य सम्पन्न गर्न सहजता महसुस गराउनेछ । मन पराउनेहरूले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्न सक्छन् । व्यवहार गर्दा संयम अपनाउनुहोला । हेलचेक्र्याइँपूर्ण यात्राले आर्थिक नोक्सानी पुर्‍याउनसक्छ । नयाँ काम सफल तुल्याउन खर्च तथा मेहनतको आवश्यकता पर्नेछ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...