Tuesday 23rd September 2025

भोजपुरमा ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या


तितोपाटी – भोजपुरकाे साल्पासिलिछो गाउँपालिकामा ११ वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले बताएको छ। भदौ ११ मा शंकास्पद अवस्थामा सुतेकै स्थानमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या गरेको अभियुक्तले स्विकार गरेपछि घटनाको रहस्य खुलेको हो।

उक्त गाउँपालिकाको वडा नं ६ सालेवामा ११ वर्षीय बालिका रचना राई सुतेकै स्थानमा मृत फेला परेकी थिइन्। बालिकाको करणी गरि हत्या गरेको अभियोगमा नाताले मामा पर्ने संखुवासभाको खादवारी नगरपालिका २ वस्ने २० वर्षीय संजय राईलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रारम्भिक बयानको क्रममा अभियुक्त राईले आफुले करणी गरेको र बालिकाले वुवा, आमालाई सुनाउँछु भने पछि घाँटी थिचेर मारेको बताएका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए। अभियुक्त राई माथि म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। बेलुका सुतेकी वालिका भदौ ११ गते बिहान मृत फेला परेकी थिइन्।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...