Thursday 18th June 2026

हङकङसँग खेल हारेर नेपाल एसिया कप छनाैट चरणबाट बाहिरियो


तितोपाटी – मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा अाज मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । हङकङ सँग हारे सँगै नेपालले एसिया कप क्रिकेट खेल्ने अवसर गुमाएको छ । नेपाल एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो।

अाज भएको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७.५ ओभरमा अलआउट हुन पुग्यो भने जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।

झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए ।

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् ।

तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । योसँगै नेपालको एशिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

रथले ८२ बलमा ५२ रन बनाए भने किन्चित साहले ११ रनको योगदान दिए ।

यसअघि नेपाल मात्र ९५ रनमा सिमित बनेको थियो ।

६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए भने अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रनको योगदान दिए ।

कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

छनोट खेलको फाइनल पुग्न नेपालले हङकङलाई फराकिलोअन्तरले पराजित गर्नुपर्ने थियो भने ओमानले युएईलाईसमेत फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो ।

नेपाल यसअघि ओमान र संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएको थियो भने आयोजक मलेसिया र सिङ्गापुरलाई हराएको थियो ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...