Wednesday 4th March 2026

कैलालीमा १४ वर्षे किशोरीलार्इ बलात्कार गर्ने पक्राउ


धनगढीमा बलात्कार गर्न खोज्ने युवालाई स्थानीयले प्रहरीलाई बुझाए

तितोपाटी – कैलालीको घोडाघोडीकी नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ की एक १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय ३३ वर्षीय हर्क कुँवरलाई पक्राउ गरिएको हो । केही दिन अगाडी रातीको समयमा घरमा कोही नभएको अवस्थामा आफ्नै साथीकी छोरीलाई बलात्कार गरेको आरोप लागेका कुँवरलाई प्रहरीले समातेको हो ।

उनलाई लम्की स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा हिँजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । पक्रउा गरिएका कुँवरलाई हिँजो नै धनगढी ल्याईएको छ ।

यता धनगढी उपमहानगरपालिका—६, जालीमा दुई बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक  युवालाई गाउँलेले नै समातेर प्रहरीलाई बुझाएका छन । हिँजो दिउँसोको समयमा एक १४ बर्षीया बालिकालार्इ बलात्कार गर्न खोजेको आरोपमा स्थानीय २२ वर्षीय अनिल चौधरीलाई स्थानीय वासिन्दाले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । उनले घरमै नुहाउँदै गरेकी आफन्तकै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा समातिएको हो । उनलाई ७ दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...