Tuesday 23rd September 2025

गुल्मीमा जीप दुर्घटना – एको मृत्यु, १३ घाइते


तितोपाटी – शनिबार राति गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्गको लागि छुटेको लु१ज १९५७ नम्बरको जीप मालिका गाउँपालिका २ दर्लिङ्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए ।

दुर्घटनामा परी मालिका गाउपालिका २ की ७५ वर्षीय मनकुमारी घर्तीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका थिए ।

घाइतेमध्ये ५५ वषिर्य छबिकला पौडेल र ३८ वर्षीया रुन्जता घर्तीको पाल्पामा उपाचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले बताए ।

घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १० मिटर तल खसेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...