Wednesday 4th March 2026

गुल्मीमा जीप दुर्घटना – एको मृत्यु, १३ घाइते


तितोपाटी – शनिबार राति गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट नेटा दर्लिङ्गको लागि छुटेको लु१ज १९५७ नम्बरको जीप मालिका गाउँपालिका २ दर्लिङ्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताए ।

दुर्घटनामा परी मालिका गाउपालिका २ की ७५ वर्षीय मनकुमारी घर्तीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका थिए ।

घाइतेमध्ये ५५ वषिर्य छबिकला पौडेल र ३८ वर्षीया रुन्जता घर्तीको पाल्पामा उपाचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले बताए ।

घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव १० मिटर तल खसेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...