Monday 10th August 2026

एप्पलले अाफ्ना नयाँ उत्पादनहरू यहि सेप्टेम्बर १२ मा सार्वजनिक गर्ने


तितोपाटी – लामो पर्खाईपछि अन्ततः आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने उक्त मितिको भव्य समारोहका लागि मिडियाहरुलाई निम्तो प्रेषित गर्न सुरु गरेको छ ।

सोही निमन्त्रणका आधारमा नयाँ आइफोन सार्वज्निक हुने मितिको खुलासा भएको हो । यद्यपि एप्पलले उक्त समारोहमा सार्वजनिक हुने प्रडक्टहरुको बारेमा केही खुलासा गरेको छैन । एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष समारोहको आयोजना गरी आफ्ना नयाँ प्रडक्टहरु सार्वजनिक गर्ने गर्दछ । निमन्त्रणामा उल्लेख भए अनुसार १२ सेप्टेम्बरको राति साढे १० बजे एप्पलको विशेष कार्यक्रम हुनेछ ।

एप्पलले आइफोन एक्स प्लस, आइफोन एक्स एस तथा ६.१ इन्चको स्क्रिनवाला एलसिडी फोन एकसाथ सार्वजनिक गर्ने बताइएको छ । अघिल्लो वर्षझैँ यो पटक पनि बुधबारको दिन एप्पलको विशेष समारोह हुनेछ । एप्पलको परम्परा अनुसार नै अमेरिकामा १४ सेप्टेम्बर शुक्रबार देखि नयाँ आइफोनको पि्रअर्डर सुरु हुने अनुमान गरिएको छ । त्यस्तै सेप्टेम्बर २१ देखि नयाँ आइफोनकेा बिक्रि सुरु हुने बताइएको छ ।

एप्पलले ल्याउने आइफोन एक्स प्लसमा ६.५ इन्चको स्क्रिन हुनेछ । यो एप्पलको अहिलेसम्मकै ठूलो आइफोन हुनेछ । यो डिभाइसमा ए १२ बायोनिक प्रोसेसरसँगै एमोलेड स्क्रिन, दुईवटा रियर क्यामेरा तथा ब्याट्री हुनेछन् ।

त्यस्तै आइफोन एक्स एसमा ५.८ इन्चको स्क्रिन हुनुका साथै केही कम क्षमताको ब्याट्री रहनेछ । यसलाई एप्पलले आइफोन एक्सको अपग्रेटेड भर्सनका रुपमा लञ्च गर्नेछ ।

त्यस्तै आइफोन एटको अपग्रेटेड भर्सनको रुपमा ६.१ इन्च एलसिडी स्क्रिनको आइफोन पनि एप्पलले ल्याउनेछ ।

तिनवटै आइफोनहरु आइफोन एक्सकै जस्तो डिजाइनका हुनेछन् भने डिस्प्ले नच र ग्लास मेटल बडी हुनेछ । तीनवटै स्मार्टफोनमा आइओएस १२ अपरेटिंग सिस्टममा चल्नेछन् । एजेन्सी


सम्बन्धित शीर्षकहरु

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान, टर्की र साउदी अरबबीच भएको त्रिपक्षीय सुरक्षा सम्झौता इरानविरुद्ध लक्षित नभएको बताएका छन्।…

बोगोटा, १० अगस्ट २०२६ — पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पूर्ण वार्ता नभई “आंशिक (semi-negotiating)” स्तरको संवाद मात्र भइरहेको बताएका छन्। उनले इरानमाथिको…

प्रतिकृयाहरू
...