Saturday 4th April 2026

अर्घाखाँची जिल्लाको नरपानी स्थित दुई समूहबीच भिडन्त


तीतोपाटी-अर्घाखाँची जिल्लाको पवित्र तीर्थस्थल सुपादेउरालीमा पिकनिक खान गएका दुई समूहबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तलाई प्रहरी प्रशासनले २ घण्टादेखि प्रयास गरे पनि नियन्त्रणमा लिन सकेको छैन् ।

दोहोरो भिडन्तमा परी घाइते भएका शेरसिंह खनाल र महेन्द्र बञ्जाडेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको तापनि दुई घण्टादेखि भिडन्त जारी रहेको र नियन्त्रणबाहिर भएको बताइएको छ । स्थानीय चन्द्रप्रकाश महतराले दिएको जानकारी अनुसार दुई पक्षबीच भएको भिडन्तले सुपादेउराली तनावग्रस्त भएको छ ।

समाचारअनुसार अर्घाखाँचीको नरपानीमा कपिलवस्तुको ४ नम्बरबाट पिकनिक आएको टोली र सन्धिखर्कबाट आएको टोलीबीच सामान्य विषयमा झगडा शुरु भएको थियो । झगडा बढ्दै गएर दुई पक्षबीच दोहोरो भिडन्तसम्ममा पुगेको छ । दुई घण्टासम्म प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको छैन भने थप सुरक्षाबल मगाइएको बताइएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप शक्ति मगाउनु परेको बताइएको छ । यतिबेला त्यहाँ हजारौ मानिस जम्मा भएका छन् भने सवारी आवागमन अवरुद्ध भएको छ । घाइते दुईजना सन्धिखर्क पक्षका भएको बताइएको छ ।

साभार -न्यूज24


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...