Friday 8th August 2025

किशोरीलार्इ बलात्कार गर्ने शिक्षकलार्इ सडकमा नांगै बनाएर परेड


तितोपाटी – बलात्कारको आरोपमा आन्ध्र प्रदेशका एक शिक्षकमाथि निर्घात कुटपिट भएको छ । दुई वर्षअघि आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लगाउँदै आक्रोशित समूहले उनलाई निर्वस्त्र बनाएर सडकमा परेड खेलाएको हो ।

पश्चिम गोदावरी जिल्लाका एक पैदलयात्रीले खिचेको भिडियोमा ४० वर्षीय शिक्षक रामबाबुलाई निर्वस्त्र पारेर सडकमा घिसारेको देखिन्छ ।

अंग्रेजीका शिक्षक रामबाबुले दुई वर्षअघि आफ्ना छात्रामाथि दुव्र्यवहार गरेको पीडित र उनीहरूका आफन्तले आरोप लगाएका छन् । उनले बलात्कार गरेकामध्ये एक छात्रा गर्भवती भएकी थिइन् ।

रामबाबुले ती छात्रालाई गर्भपतन गर्ने औषधि खुवाएका थिए । गर्भवती भएपछि छात्राका अभिभावकले बलात्कारबारे थाहा पाएका थिए । पछिल्लो समयमा शिक्षकको गर्भधारण गरेको बताइएकी छात्रा ब्लिडिङलगायतका गर्भवतीजन्य समस्याबाट पीडित थिइन् ।

आक्रोशित आफन्तले शिक्षकलाई घरबाटै लछारपछार गरेर निर्घात कुट्दै सहर परिक्रमा गरेर प्रहरी चौकीमा पु(याएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा बलात्कारका घटनामा तीव्र वृद्धि भएको छ ।

आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा भारतको एक अदालतले दुईजनालाई मृत्युदण्डको सजाय तोेकेको छ । फास्ट ट्र्याक सुनुवाइअन्तर्गत उनीहरूलाई मृत्युदण्ड सजाय सुनाइएको हो ।

दुई महिनाअघि एक बालिकामाथि दुईजनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारका कारण गम्भीर घाइते बनेकी बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालय सकिएपछि घर फर्किन अभिभावकलाई कुरिरहेका वेला २० र २४ वर्षका पुरुषले एकान्तमा लगेर उनलाई बलात्कार गरेका थिए । उनलाई अर्धचेत अवस्थामा स्थानीयले अस्पताल लगेका थिए ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...