Tuesday 23rd September 2025

बिमस्टेकको शिखर सम्मेलन शुरू हुनै लाग्दा ग्रेटर नेपालका अध्यक्ष पक्राउ


तितोपाटी – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन गर्नसक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले कालोझण्डा देखाएर प्रदर्शन गर्दै आइरहेका छन् । अघिल्लोपटक मोदीको भ्रमणमा यसैगरी प्रदर्शन गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...