Saturday 4th April 2026

म्याग्दीमा अाफ्नै १२ वर्षीया छोरीलार्इ बलात्कार गर्ने बाबु पक्राउ


तितोपाटी – म्याग्दीमा एक व्यक्ति श्रीमती खोलामा कपडा घुन गएको बेला अाफ्नै छोरीलार्इ बलात्कार गरेको अारोपमा पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी हुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ गरिएको हो ।

गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेको उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले विक थरका ती व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...