Tuesday 23rd September 2025

म्याग्दीमा अाफ्नै १२ वर्षीया छोरीलार्इ बलात्कार गर्ने बाबु पक्राउ


तितोपाटी – म्याग्दीमा एक व्यक्ति श्रीमती खोलामा कपडा घुन गएको बेला अाफ्नै छोरीलार्इ बलात्कार गरेको अारोपमा पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी हुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ गरिएको हो ।

गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेको उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले विक थरका ती व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...