Wednesday 13th May 2026

यसियाडमा प्याराग्लाइडिङ खेलकुदको रजत पदक नेपालले हात पार्यो


तितोपाटी – इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो ।

बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । नेपालले जापानी टोलीसँग झिनो अन्तरको हार भोग्न बाध्य भयो । जापानले नेपाल भन्दा केबल २७ अंक धेरै बटुल्दै स्वर्ण पदक जित्न सफल भयो ।

खेलको पाँचौ तथा फाइनल चरणको भिडन्तमा दोस्रो स्थानमा रहँदा रजत पदक जिताउने प्याराग्लाइडरहरुमा टोलीका कप्तान विमल अधिकारी तथा सदस्यहरु विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए ।

नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो । नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा नेपालका लागि तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् ।

सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा भाग लिँदै आएको छ । नेपालले एसियाडमा हालसम्म २४ वटा पदक जित्न सफल भएको छ ।

जसमा तेक्वान्दोतर्फ सबैभन्दा धेरै १ रजत र १३ कास्य जितेको छ भने बक्सिङबाट नेपालले ६ वटा कास्य पदक जितेको छ । त्यसैगरी अन्य तीनवटा पदक नेपालले कराँतेबाट जितेको हो । प्याराग्लाइडिङमा पनि रजत जित्न सफल भएपछि एसियाडमा नेपालको पदक संख्या २४ पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...