Friday 9th October 2026

एसिया कप छनाैट चरणमा नेपालद्वारा अोमानलार्इ २२२ रनको लक्ष्य


तितोपाटी – मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ।

नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४ बलको सामना गर्दै ६ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४५, आरिफ शेखले ३६ र करण केसीले नटआउट २६ रनको योगदान दिए।

त्यस्तै कप्तान पारस खड्काले ८, सुबास खकुरेलले ४, दिपेन्द्र सिंह ऐरीले ९, सोमपाल कामीले ५ रन बनाउदा  र रोहितकुमार पौडेल शुन्य, रनमा आउट भए।

सुरुवातमै लगातार ४ विकेट गुमाएको नेपालका लागि सागर पुन र आरिफ शेखको जोडिले इनिङ उकासेको थियो। ओमानका लागि बिलाल खान, मोहमेद नदिम र अजय लालचेटाले समान २–२ विकेट लिए। अबको केही समयपछि ओमानले जवाफी ब्याटिङ गर्नेछ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...