Wednesday 4th March 2026

सिन्धुली बासी संजय वर्मा द्वारा सहयोगको आह्वान


तीतोपाटी- सिन्धुली सातपत्रे रयोटारका संजय वर्माको जिन्दगि राम्रै चल्दै थियो । रोजगारीको शिलशिलामा काठमाडौँ आएका उनले ट्रेडिङ कम्पनीमा सानतिनो काम गर्दै कम्पनीको विश्वास जितेर म्यानेजर सम्म बनेका थिए । १४ वर्षिया छोरी स्कुल जान्थिन्, श्रीमति घरको सबै व्यवहार सम्हालथिन् । तीन जनाको परिवार हाँसिखुशी जिन्दगि बिताउँदै थियो ।

तर, वर्मा परिवारमा एकाएक यसरी बज्रपात पर्यो , जस्ले परिवारको खुशी र हाँसोलाई उडाएर लग्यो । संजय बिरामी भए । उपचारकालागि हस्पिटल लगियो र डाक्टरले दुवै मिर्गौला फेल भएको निष्कर्ष निकाले । श्रीमति शान्ता वर्मा यो खबर पाउनासाथ भावव्हिल भइन्, नहुनु पनि कसरी आफ्नो जिन्दगिनै सुम्पिएको व्यक्तिको अवस्था जिवन र मरणको दोसाधमा थियो । आर्थिक अवस्थाले श्रीमान्को उपचारमा बाधा पुराउने  निश्चित थियो । एकमनले सोचिन् आत्महत्या नै यस्को विकल्प हो । तर, सानी छोरी र श्रीमानको अवस्थालाई हेरेर उनले जिवन र मरणको युद्धमा श्रीमानको साथ छोडिनन् । जसोतसो परिवार र साथीभाईबाट सहयोग खोजिन् । चन्दा उठाइयो र श्रीमानलाई भारत लगियो । समय वित्दै जाँदा आँखा अगाडी आउने सत्यतालाइ कसैले पनि स्वीकार्न चाहँदैनन् । तर, सत्यलाई नस्वीकारि संभव छैन । भारतको गंगाराम हस्पिटललको विवरणले पनि उनको दुवै मृगौला फेल भएको निष्कर्ष निकाल्यो ।

उनी नेपाल फर्किए । काठमाडौँको टिचिङ अस्पतालमा उनी उपचार गरिरहेका छन् । अस्पतालले उनको दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएको छ । उपचार खर्च निकै नै महंगो भएका कारण उनी अहिले सबैसँग सहयोगको अपेक्षा गरिरहेका छन् ।

वर्मा परिवारको कहानि निकैनै पिडादायी र दर्दनाक छ । बुबा पाँच वर्ष अघि प्यारालाईसिस भएर बिते । १० वर्षसम्म निरन्तर उपचार गराए । तर, बुवालाई बचाउन सकेनन् । बुवालाई गुमाएको केहि वर्षमै उनी आफै बिरामी भए । मृगौला फेल जस्तो गम्भिर बिरामी परेका उनलाई अहिले आफैँदेखि घृणा लाग्छ । परिवारलाई खुशी दिनुपर्नेमा उल्टै दुख दिएको हिनताबोध हुन्छ । आँखा भरि आँसु पार्दै भन्छन्, ‘परिवारले धेरै सहयोग गरेको छ, माया गरेका छन् । तर, आफूले उनीहरुलाई केहि गर्न सकिएन ।’ अरुका छोराछोरिलाई अभिभावकले गरेको माया र आफूले छोरीलाई केहि गर्न नसकेकोमा उनी आँसु झार्छन् ।

शलिना आफ्नो बुवाको अवस्था देखेर मानसिक तनावमा परेकि छिन् । विद्यालयमा पनि बुवालाई सम्झिरहन्छिन् । साथीभाईसँग घुलमिल हुन खोज्दिनन् । आफ्नो बुवालाई बचाउन सबैसँग अनुरोध गर्छिन् । गहभरि आँसु पार्दै उनी भन्छिन्, ‘मेरो बुवालाई बचाइदिनुस् ।’ शान्ता अहिले बुवाको साथिको विद्यालयमा पढ्दैछिन् । प्रधानाध्यापक साथीले संजयको अवस्था देखेर छोरीलाई निशुल्क पढाइरहेका छन् ।

उपचारकालागि थुप्रै रकम आवश्यक परेकोले वर्मा परिवार सबैको सहयोगको पर्खाइमा छ । तपाईँहरुको सानो सहयोगले बालिका शलिनाले आफ्नो अभिभावक गुमाउनुपर्ने छैन र शान्तालाई अझैँ यो संसारमा सहयोगी हातहरुको कमि छैन भन्ने सोचेर संघर्षशिल जिवनमा अझै संघर्ष गर्ने प्रेरणा मिल्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...