Saturday 4th April 2026

डोल्पामा खोलाले बगाएर २ जनाको मृत्यु


तितोपाटी – डोल्पामा अविरल वर्षाले खोलामा आएको बाढीले साल्दाङ र छार्काका एकएक जनालाई बगाएको छ । तिब्बत र नेपालबीचको परापूर्व कालदेखि डोल्पाको नाका क्याटो र मरिम्ला नाका नजिक तिब्बतको क्याटो र मरिम्लामा वर्षमा १ पटक लाग्ने हाट बजार यो वर्ष गत साउन २५ गतेदेखि १५ दिनसम्म लागेको थियो ।

त्यही हाटबजारमा गएर फर्केका शे–फोक्सुण्डो गाउँपालिका ४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । त्यसैगरी छार्का ताङसोङ गाउँँपालिकाको कोसाङ न्याक्पो नदीले बगाएर नाम थाहा हुन नसकेको एक युवाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण नदीमा आएको बाढीले क्याटोबाट फर्कदै गरेका बेला बगाएर मृत्यु भएको र छार्का ताङसोङका नाम थाहा नभएका १ युवाको मृत्यु भएको शे–फोक्सुण्डो गाउँंपालिका पुग्मका आङबहादुर लामाले जानकारी दिए । उनले भने छार्काको नदिमा बग्ने युवाको नाम पत्ता लाग्न सकेको छैन ।

त्यसै गरी अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँगाउँमा पहिरो खस्ने, खोलामा आएको बाढीले बाटो बिगारेर समस्या पारेको छ । वर्षाका कारण मुड्केचुला गाउँपालिका- ६ सिल्पाटा भन्ने ठाउँनजिकैको बाटोमा पहिरो जाँदा १५ मिटर बराबरको बाटो भत्कीएको छ ।

बाटो भत्केपछि त्यही बाटो भएर आवत जावत गर्ने बटुवाहरुलाई निकै समस्या परेको छ । अविरल वर्षाका कारण त्यस्तै प्रकारले डोल्पाका धेरै ठाउँमा पहिरो र बाढीले समस्या पारेको छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...