Wednesday 24th September 2025

पोखराको फेवातालमा एक किशोरी मृत फेला परिन्


तितोपाटी – पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ ।

पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् ।

राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी साढे ४ बजेतिर घरबाट निस्किएको परिवार श्रोतले बताएको छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरी तथा सशस्त्रको रेस्क्युको टिमले झन्डै आधा घण्टाको खोजिकाकार्य पश्चात मृत लाश फेला पारेको थियो।

हाल शब पोस्टमार्टमका लागि अस्पातल लगिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...