Wednesday 24th September 2025

सिरहामा छोराको कुटार्इबाट बाबुको मृत्यु


तितोपाटी – आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ ।

घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो ।

उपचारका क्रममा शनिबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बाबुलाई कुटपिट गर्ने सञ्जयलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...