Wednesday 24th September 2025

नागरिकको दबावसँगै हरिवन नगरपालिकाद्वारा जग्गा करमा भारी कटौती


गुलाम नबि मन्सुर – नागरिकको दबावसँगै हरिवन नगरपालिकाले लगाएको जग्गा सम्पत्ति करमा भारी कटौती गरेको छ ।

जिल्ला मालपोत कार्यालयले जग्गामा तोकेको करमा न्यूनत्तम २५ प्रतिशतलाई मात्र आधार मानी जग्गाको सम्पत्ति कर असुल गर्ने हरिवन नगरपालिकाको आज बसेको कार्यपालिका बठैकले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

जनताको मनोभावनालाई कदर गर्दै नगरपालिकाले वृद्धि गरेको जग्गा करमा २५ प्रतिशत मात्र लिने गरी ७५ प्रतिशत करलाई कटौती गरेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेश प्रसाद प्रसाईले बताएका छन् । आफू जनताबाटै चुनिएर आएको हुँदा जनताको भावना विपरीत जान नसक्ने र जनताको मर्मलाई नगरपालिकाले समेत आत्मसाथ गर्दै वृद्धि गरिएको करमा भारी कटौती गरिएको नगरप्रमुख प्रसाईले दाबी गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...