Friday 8th August 2025

दार्चुलामा व्यक्ति हत्या गरि १० लाख लुटियो


तितोपाटी – दार्चुलाको मार्मा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ ।

मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मंगलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

ठगुन्नाको घरमै हत्या भएको हो ।

ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिए । घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ । उनको टाउकोमा घाउ छ ।

ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् । घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...