Friday 9th October 2026

नेपाल भियतनामसँग पनि २-० ले पराजित भयो


तितोपाटी – १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ ।

इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको खेल देखाउने अपेक्षा गरिए पनि गोलको खडेरी तोडिन सकेन ।

समूह ‘डी’मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अगस्ट १९ मा पाकिस्तान यु-२३ सँग खेल्नेछ ।

खेलमा ६ प्रहार मात्रै गरेको नेपालले पोस्टको दिशामा एउटै राम्रो प्रहार गर्न सकेन । भियतनामले नेपालको पोस्टको दिशामा गरेका २० प्रहारमा ६ प्रहार उत्कृष्ट रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...