Thursday 7th August 2025

दुइवटा फरक ठाउँमा अागलागी र पानीमा डुबेर २ बालबालिकाको मृत्यु


तितोपाटी – दुइ फरक घटनामा २ जना बालबालिकाको ज्यान गएको छ । समाचार अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घर एकान्तमा रहेकाले स्थानीयवासीलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । दुईतले घर आगलागीबाट नष्ट हुँदा मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

त्यसै गरि कञ्चनपुरमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका– ६ बसईका १३ वर्षीय उमेश चन्द रहेका छन् ।

बुधबार दिउसो साथीसँग पौडी खेल्न गएका उमेश नालामा डुबेर वेपत्ता भएका थिए । उनको शव बैशाखा पुल भन्दा एक सय ५० मिटर पर खोलामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक चुडामणी पुनले बताए । बालकको खुट्टा पानीमा देखि पछि पुन आफै खोलामा पसि शब निकालेका थिए ।

कञ्चनपुर प्रहरीले बर्षातका बेला आफ्ना नानीहरुलाई खोला, नदी तर्दा होसियारी अपनाउन आग्रह गर्दै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

प्रतिकृयाहरू
...