Wednesday 4th March 2026

६० वर्षीया बृद्धालार्इ बोक्सीको अारोप लगाइ दुर्व्यवहार गर्ने २ युवती पक्राउ


तितोपाटी – नवलपरासी जिल्लामा ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् ।

पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु नगरपालिका-१४ की १८ वर्षीया गीता कामुलाई पक्राउ गरेको हो ।

यही साउन १२ गते दिउँसो किशोरीहरुले ती महिलालाई बोक्सी भन्दै गाउँलेकै अगाडि सार्वजनिक रुपमा गालीगलोज गरेका थिए ।

जेष्ठ नागरिकलाई गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि घटनामा संलग्न भएका सिंजाली र कामुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...