Saturday 18th May 2024

दक्षिण एसियामा ला लिग फुटबल फेसबुकबाट मात्रै हेर्न सकिने


तितोपाटी – ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

यस प्रणारण अधिकारले भारत, अफगानीस्तान, बङ्लादेश, भुटान, नेपाल, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानलाई समेट्ने छ ।

यो क्षेत्रमा ३४.८ करोड फेसबुक प्रयोगकर्ताहरु छन् जसमध्ये सबैभन्दा ठूलो हिस्सा ओगट्ने भारतमा मात्रै २७ करोड प्रयोगकर्ताहरु रहेका छन् ।

यसअघि नै फेसबुकले अमेरिकामा निकै लोकप्रिय रहेको मेजर लिग बेसबल प्रशारण गर्ने गरिरहेको छ । त्यसका प्रत्येक खेलको लागि एक डलर तिर्नुपर्ने हुन्छ ।

तर ला लिगाका खेलहरु भने निःशुल्क प्रशारण हुनेछ, तर यीनमा प्रयोगकर्ता लक्षित विज्ञापनहरु देखाइनेछ ।

सम्झौताका सर्तहरु सार्बजनिक गरिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०१४ मा अघिल्लो पटक विक्री हुदाँ प्रशारण अधिकार ३२ लाख अमेरिकी डलरमा किनिएको थियो ।

टिभी प्रशारण संस्थाहरुमा सम्झौताले किन बढायो ज्वरो ?
रोयटर्ससँगको कुरामा फेसबुकका ग्लोबल लाईभ्स स्पोर्टका निर्देशक पिटर हट्टनले यो एक मात्र सम्झौता भएकाले प्रशारण संस्थाहरुले यसलाई ठूलो चुनौतीको रुपमा लिन नहुने बताए ।

खेलकुदका प्रत्यक्ष प्रशारण सःशुल्क केबल तथा भूउपग्रहीय सेवाहरुको ग्राहक तान्ने प्रमुख चालक मानिन्छ । नेटफ्लिक्स र अन्य अनलाईन सेवाको प्रवेशपछि अन्य सेवामा असर परेपछि खेल प्रशारण मात्रैका लागि कयैनले टिभी सेवाहरु सुचारु राखेको विश्वास गरिन्थ्यो ।

अब त्यो क्षेत्र पनि खतरामा परेको देखिन्छ । किनकी ला लिगाको फेसबुक सम्झौता विश्वव्यापी ट्रेण्ड हो ।

विश्वको सबैभन्दा चर्चित फुटबल लिग संयुक्त अधिराज्यको प्रिमियर लिगका सम्पूर्ण खेलहरु यो सिजन अन्तिम पटक टिभी च्यानलमा देखाइनेछ ।

अर्को सिजनबाट २० खेलहरु अनलाईनमा मात्र हेर्न मिल्ने गरि देखाइनेछ । यसका लागि प्रिमियर लिग र अमेजनको सम्झौता भईसकेको छ ।

अमेरिकामा पनि अमेरिकी फुटबल लिग नेसनल फुटबल लिगले अघिल्लो सिजन अमेजनसँग ११ ‘बिहिबार रातका खेलहरु’ प्रशारणको लागि सम्झौता गरेको छ ।

त्यस्तै अमेरिकाकै अर्को खेल प्रतियोगिता ‘नेसनल बास्केटबल एसोसियसन’का खेलहरुको चीनमा प्रशारण अधिकार ट्यान्सेन्टले पाएको छ । त्यहाँ प्रत्यक खेलहरु औसतमा २० लाख मानिसहरुले उक्त अनलाईन प्लाटफर्ममा हेरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...