Wednesday 13th May 2026

दक्षिण एसियामा ला लिग फुटबल फेसबुकबाट मात्रै हेर्न सकिने


तितोपाटी – ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।

यस प्रणारण अधिकारले भारत, अफगानीस्तान, बङ्लादेश, भुटान, नेपाल, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानलाई समेट्ने छ ।

यो क्षेत्रमा ३४.८ करोड फेसबुक प्रयोगकर्ताहरु छन् जसमध्ये सबैभन्दा ठूलो हिस्सा ओगट्ने भारतमा मात्रै २७ करोड प्रयोगकर्ताहरु रहेका छन् ।

यसअघि नै फेसबुकले अमेरिकामा निकै लोकप्रिय रहेको मेजर लिग बेसबल प्रशारण गर्ने गरिरहेको छ । त्यसका प्रत्येक खेलको लागि एक डलर तिर्नुपर्ने हुन्छ ।

तर ला लिगाका खेलहरु भने निःशुल्क प्रशारण हुनेछ, तर यीनमा प्रयोगकर्ता लक्षित विज्ञापनहरु देखाइनेछ ।

सम्झौताका सर्तहरु सार्बजनिक गरिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०१४ मा अघिल्लो पटक विक्री हुदाँ प्रशारण अधिकार ३२ लाख अमेरिकी डलरमा किनिएको थियो ।

टिभी प्रशारण संस्थाहरुमा सम्झौताले किन बढायो ज्वरो ?
रोयटर्ससँगको कुरामा फेसबुकका ग्लोबल लाईभ्स स्पोर्टका निर्देशक पिटर हट्टनले यो एक मात्र सम्झौता भएकाले प्रशारण संस्थाहरुले यसलाई ठूलो चुनौतीको रुपमा लिन नहुने बताए ।

खेलकुदका प्रत्यक्ष प्रशारण सःशुल्क केबल तथा भूउपग्रहीय सेवाहरुको ग्राहक तान्ने प्रमुख चालक मानिन्छ । नेटफ्लिक्स र अन्य अनलाईन सेवाको प्रवेशपछि अन्य सेवामा असर परेपछि खेल प्रशारण मात्रैका लागि कयैनले टिभी सेवाहरु सुचारु राखेको विश्वास गरिन्थ्यो ।

अब त्यो क्षेत्र पनि खतरामा परेको देखिन्छ । किनकी ला लिगाको फेसबुक सम्झौता विश्वव्यापी ट्रेण्ड हो ।

विश्वको सबैभन्दा चर्चित फुटबल लिग संयुक्त अधिराज्यको प्रिमियर लिगका सम्पूर्ण खेलहरु यो सिजन अन्तिम पटक टिभी च्यानलमा देखाइनेछ ।

अर्को सिजनबाट २० खेलहरु अनलाईनमा मात्र हेर्न मिल्ने गरि देखाइनेछ । यसका लागि प्रिमियर लिग र अमेजनको सम्झौता भईसकेको छ ।

अमेरिकामा पनि अमेरिकी फुटबल लिग नेसनल फुटबल लिगले अघिल्लो सिजन अमेजनसँग ११ ‘बिहिबार रातका खेलहरु’ प्रशारणको लागि सम्झौता गरेको छ ।

त्यस्तै अमेरिकाकै अर्को खेल प्रतियोगिता ‘नेसनल बास्केटबल एसोसियसन’का खेलहरुको चीनमा प्रशारण अधिकार ट्यान्सेन्टले पाएको छ । त्यहाँ प्रत्यक खेलहरु औसतमा २० लाख मानिसहरुले उक्त अनलाईन प्लाटफर्ममा हेरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...