Wednesday 14th May 2025

पश्चिम रूकुममा खुकुरी प्रहार गरेर छोरा र भार्इको हत्या


तितोपाटी – पश्चिम रूकुममा यहाँका एक व्यक्तिले खुकुरी प्रहार गरी छोरा तथा भाइको हत्या गरेका छन् । मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले बुधबार बिहान ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

अन्धाधुन्ध खुकुरी तथा हसिया प्रहार गर्दा शंकरका अरु २ छोरा घाइते भएका छन् ।

छोरा, भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ । शंकरले आफूमाथी पनि हसिया प्रहार गरेको खुलेको छ ।

शंकर तथा घाइते दुई छोरा १३ वर्षका प्रकाशसिङ विष्ट र ९ वर्षका दिनेश विष्टको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनाको विस्तृत विवरण अँझै खुली नसकेको डिएसपी खड्काले बताए । शंकरको २ वर्षदेखि मानसिक सन्तुलन गुमेको सुन्नमा आएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...