Friday 3rd April 2026

सप्तरीमा पोखरीमा डुबेर २ जनाको मृत्यु


तितोपाटी – पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ ।

मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् ।

आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उनले बताए ।

यसैगरी मादक पदार्थ सेवन गरी बेपत्ता रहेका सप्तरी रुपनी गाउँपालिका–२ का ४० वर्षीय रामउद्गार सदाको शव आज पोखरीमा डुबेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...