Thursday 24th September 2026

अमेरिकी अन्तरिक्ष अनुसन्धान सँस्था (नासा)ले सुर्य बारे अध्ययन गर्न क्षेप्यास्त्र पठायो


तितोपाटी – अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

“तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३:३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो। यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ।

यो मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ। सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ।

यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ। नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ। यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ। रासस


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...