Wednesday 6th August 2025

कास्कीमा प्रहरीद्वारा ठुलो परिमाणमा घरेलु मदिरा नष्ट


तितोपाटी – कास्की प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ८ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

पोखरा – ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट मदिरा र कच्चा पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नवीन कार्किले बताए । घरेलु मदिरा उत्पादन र बिक्रि बितरण वढेको भन्ने सुचनाको आधारमा प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।

घरेलु मदिरा सेवनबाट समाजमा घरायसी हिंसा र अन्य जघन्य अपराधहरु वढेकोले नियन्त्रण अभियान चलाएको कार्कीले बताए।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...