Friday 9th October 2026

यु – १५ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलार्इ ४-० ले हरायो


तितोपाटी – भुटानमा जारी यू-१५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत अाफ्नाे पहिलाे खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित निकालेकाे छ। खेलकाे साताैं मिनेटमा अनुष्का शेर्पाकाे गाेल मार्फत अग्रता बनाएकाे नेपालका लागि १३ औं मिनेटमा सविता रानामगरले दाेश्राे गाेल थपेकी थिइन्।

पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे नेपालले दाेश्राे हाफमा समेत २ गाेल थप्याे। दाेश्राे हाफमा नेपालकालागि सवितालेनै व्यक्तिगत दाेश्राे गाेल थपिन भने चाैथाे गाेल नेपालका लागि रजनी थोकरले गरिन। शनिवारकाे जितसँगै नेपालले समुहमा ३ अंक जाेडेकाे छ।

खेल जितेसँगै भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ । यसअघिको संस्करणमा नेपालले पहिलो चरणबाटै बाहिरिएको थियो । तर यसपटक भने पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको हो ।

योसँगै समूहको अर्को टोली बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...