Friday 3rd April 2026

कस्तुरीको विनासहित ठमेलबाट ४ जना पक्राउ


तितोपाटी – संरक्षित बन्यजन्तु कस्तुरीको बिना सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ३ थान बिनासहित बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेका छन् ।

उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा उक्त कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...