Friday 9th October 2026

नेपालले नेदरल्याण्डलाई १ रनले हरायो


तितोपाटी – नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेलमा आफ्नो पहिलो जीत हासिल गर्न सफल भएको छ । नेदरल्याण्ड विरुद्धको दोस्रो एक दिवसीयमा आज १ रनको जीत हासिल गर्दै नेपालले ईतिहास बनाएको हो ।
नेपालको जीतमा बलर सोमपाल कामी र कप्तान पारस खड्काको े प्रदर्शन उत्कृष्ट रह्यो । उनले नेपालको पारी उकास्न ७१ रनको योगदान गरे । उनले एक विकेट समेत लिएका थिए । त्यसै गरी कप्तान पारस खड्काले ५१ रन जोडे पछि नेपालले दुई सय १६ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफी व्याटीगंमा उत्रिएको नेदरल्याण्डले पुरै ५० ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो । अन्तिम ओभरमा कप्तान पारसले बलिगं गर्ने क्रममा एक बलमा दुई रन चाहिएको स्थितिमा उनले विकेट लिए पछि नेपालले रोमाञ्चक जीत निकालेको हो ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने ललित भण्डारीले २ तथा बसन्त रेग्मीले एक विकेट लिए । नेदरल्याण्डका बरेसीले ७१ रन जोडेका थिए । पहिलो खेल नेदरल्याण्डले ५५ रनले जितेको थियो ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...