Wednesday 13th May 2026

नेपालले लर्ड्समा एमसीसीलार्इ नाै विकेटले हरायो


तितोपाटी – बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो ।

नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्‍यो ।

वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित गरिएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ रन बनाए । उनले १५ बल खेल्दै दुई चौका प्रहार गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन बनाए । उनले चार बल खेल्दै एक छक्का र एक चौका हाने । अनिलकुमार साहले नौ रनको योगदान दिए ।

यसअघि ब्याटिङ गर्दै एमसीसीका लागि कप्तान माहेला जयवद्र्धनेले अविजित २४ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले दुई तथा शक्ति गौचनले एक विकेट लिए ।

लन्डनको लर्डसमा वर्षाका कारण निर्धारित एमसीसी, नेदरल्याण्डस् र नेपालबीचको त्रिकोणात्मक ट्वान्टी-२० सिरिजअन्तर्गत एमसीसी विरुद्धको खेल ६-६ ओभरको हुने भएको छ ।

वर्षाका कारण खेल ढिलो सुरु हुने भएपछि आयोजकले एमसीसीको दुवै खेल छोट्याएको हो। नेपाल र नेदरल्यान्ड्सबीच हुने अन्तर्राष्ट्रिय ट्वान्टी-२० भने २० ओभरकै हुनेछ।

एमसीसी र नेपालको खेल नेपाली समय ७:४५ तथा नेदरल्यान्ड्स र नेपालको खेल ९:०५ बजे हुनेछ।

लन्डनको लर्डसमा वर्षाका कारण निर्धारित एमसीसी र नेदरल्याण्डसबीचको पहिलो म्याच स्थगित गरिएको छ। बिहान १० बजे हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको हो।

नेपाल, एमसीसी र नेदरल्याण्डसबीच लर्डसमा टी-टवान्टी त्रिकोणात्मक खेल तालिका थियो। पानी रोकिएमा केही समयपछि नेपाल र एमसीसी खेल हुने बताइएको छ। करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डसमा नेपाली क्रिकेट टिम खेल्ने तयारी गरिरहेको छ।

श्रृंखला हेर्न उत्साहित खेलप्रेमी युवा मौसमले निराश देखिएका छन्। दर्शक उपस्थिति न्यून छ। खेल हेर्न आइपुगेकी आस्था पौडेल रद्द भएर दुःखी भएको बताइन्।

खेलको अन्यौलताबीच साथीहरुको झण्डै ५० फोन कल आइसकेको उनले बताइन्। आयोजक कमिटीका एकजना सक्रिय युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ यूकेका अध्यक्ष सिद्धार्थविक्रम क्षत्रीले खेल रद्द हुँदा महिनौँ देखिको परिश्रम र ठूलो लगानी खेर गएको बताए।

‘हिजो प्रशिक्षण हुनेबेलासम्म खेलाडीहरु खुबै उत्साहित थिए’, क्षेत्रीले भने, ‘अहिले उनीहरु राम्रो मौसमको कामना गरिरहेका छन्।’


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...