Thursday 24th September 2026

अाज एक्काइसाैं सताब्दीको सबैभन्दा लामो खग्रास चन्द्रग्रहण


तितोपाटी – अाज (शुक्रबार) राति पूर्ण खग्रास चन्द्रग्रहण लाग्दैछ । यसलार्इ नांगो आँखाले हेर्न हुन्छ कि हुन्न भन्ने अन्याैल धेरैमा हुन सक्छ । तर नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भने नांगो अाँखाले चन्द्रग्रहण हेर्न मिल्ने जनाएकाे छ ।

एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण अाज देखिँदै छ । मौसम सफा भएका ठाउँमा घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले ग्रहण अवलोकन गर्न सकिने सोसाइटीले जनाएको छ ।

सोसाइटीका अध्यक्ष तथा खगाेलविज्ञ सुरेश भट्टराईले ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैका लागि एक सुनौलो अवर हुने बताएका छन् ।

राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले ४ बजेर ४ मिनेटसम्म रहनेछ । तर खग्रास चन्द्रग्रहण भने करीब एक घण्टा ४३ मिनेटसम्म देखिने बताइएकाे छ । ग्रहणले चन्द्रमालाई ढाँक्दै जाने क्रममा सवा १ बजेतिर पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा राताे देख्नेछन् ।

सोसाइटीले टेलिस्कोपबाट हेर्न चाहनेका लागि शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म विशेष व्यवस्था गरिएको समेत जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...