Saturday 6th June 2026

विज्ञानको चमत्कार – नयाँ ग्रह तथा उपग्रहहरू पत्ता लाग्दै


तितोपाटी – खगोलविद्हरुले बृहस्पतिका थप १२ वटा नयाँ चन्द्रमा भेटेका छन् । ती मध्य एउटाको भने परिक्रममा परिपथले गर्दा अर्को भूउपग्रहमा ठोक्किने अत्यधिक सम्भावना देखिएको छ । मंगलबार संयुक्त राज्य अमेरिकाका खगोलविद्हरुले यसको घोषणा गरेका हुन् । यो घोषणसँगै अब बृहस्पतिको कुल चन्द्रमाको संङ्ख्या ७९ भएको छ ।

यसको अर्थ सौर्य मण्डलको सबैभन्दा ठूलो र पूरानो ग्रह बृहस्पति ग्रहको अब सबैभन्दा धेरै वटा चन्द्रमा पनि भएको छ ।हालै पत्ता लागेका सबै नयाँ चन्द्रमा तुलनात्मक रुपमा साना छन् । यीनीहरुको आकार १ देखि ४ किलोमिटरको छ–दशाशं छ ।

यी भूउपग्रहहरुको आकार बृहस्पतिका अन्य भूउपग्रहहरु केही फरक देखिएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो भूउपग्रह गेनिमेड पनि बृहस्पतिकै भूउपग्रह हो । यसको व्यास ५,२६८ कि.मी.व्यासको छ । सुर्यबाट पाचौं स्थानमा रहेको बृहस्पति ग्रहको व्यास भने १,४२,९८४ कि.मी. रहेको छ ।(तुलनाको लागि पृथ्वीको व्यास १२,७४२ कि.मी. छ ।)

वासिन्टनस्थीत कार्नेगी इन्स्टिच्युट अफ साइन्सका खगोलविद् स्कट शेपार्डको नेतृत्वमा रहेको अनुसन्धान समूहले बृहस्पतिका यी साना १२ चन्द्रमाहरु पहिचान गरेका हुन् ।

समूहले नयाँ पत्ता लागेका चन्द्रमाहरुमध्य एउटालाई भने ‘अमिल्दो’ भनेका छन् । यसो भन्नुको कारण यो भूउपग्रहले बृहस्पतिलाई सोही ग्रह घुम्ने दिशाबाटै घुमिरहेको छ तर अन्य साना चन्द्रमाहरुको समूहले त्यही परिपथमा तर विपरित दिशाबाट भ्रमण गरिरहेका छन् ।

यही कारणले यसको अन्य भूउपग्रहसँग ठक्कर खाने सम्भावना धेरै छ ।

अब सौर्य मण्डलमा सबैभन्दा धेरै चन्द्रमा हुने ग्रह बृहस्पति भएको छ । यसका ७९ चन्द्रमा भए । दोश्रो धेरै चन्द्रमा भने शनि ग्रहको रहेको छ । उसको ६२ वटा चन्द्रमा छन् । त्यसपछि अरुणको २७ र बरुणको १४ वटा छ । अन्य ग्रहको हकमा मंगल ग्रहको २ वटा चन्द्रमा छन् भने हाम्रो ग्रहको १ छ । तर बुध, शुक्र ग्रहका भने चन्द्रमा छैन । पछिल्लो आविष्कारको लागि अमेरिकाको हवाई र एरियोजोना साथै चिल्लीमा रहेका दुरदर्शक यन्त्रहरु प्रयोग गरिएको थियो ।

बृहस्पतिका चार ठूला चन्द्रमा हरु –आइवा, युरोपा, गेनिमेड र क्याल्लिस्टो ४०० वर्ष अघिनै ग्यालिलियोले पत्ता लगाएका थिए ।

सीएनएन


सम्बन्धित शीर्षकहरु

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

प्रतिकृयाहरू
...