Wednesday 13th May 2026

रूस विश्वकप २०१८ को अाज समापन


तितोपाटी – अाज राती विश्वकप–२०१८ मा पूर्ण विराम लाग्नेछ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अहिले आफ्नो अन्तिम चरणमा छ । दुई युरोपेली देशबीचको खेलसँगै रुसमा यसपल्टको विश्वकप टुंगिनेछ । कस्तो हुनेछ त, यसपटकको समापन समारोह ? अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) तथा आयोजक देशले यस विषयमा कुनै जानकारी दिएका छैनन्, तर यति भनेका छन्, यो सम्झन लायक हुनेछ ।
ओलम्पिकको जस्तो विश्वकप फुटबलको समापन समारोह हुँदैन । फाइनल खेल सुरु हुनुभन्दा एक घन्टाअघि समापन समारोह सुरु हुनेछ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन तथा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कार्यक्रमका प्रमुख अतिथि हुनेछन् । पुटिनले आफू विश्वकपका अन्तिम दिनको कार्यक्रममा उपस्थिति हुने औपचारिक जानकारी दिइसकेका छन् । उनी सफल विश्वकपको जस लिन पनि कार्यक्रममा पुग्नेछन् ।

समापन समारोह खासमा संगीतमय हुनेछ र त्यस क्रममा रूसले आफ्नो संस्कृति तथा इतिहास देखाउने प्रयास गर्नेछ, जसका लागि अहिलेसम्म तय भैसकेका कलाकार हुन् साकिरा, वेक्लेफ जिन तथा सान्टाना कार्लोस । फिफाले पनि उनीहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने निश्चित भैसकेको बताइएको छ । फाइनल मस्कोको लुज्निकी स्टेडियममा हुनेछ र यो रुसको केन्द्रीय रंगशाला हो ।

यो पूर्वी युरोपको सबैभन्दा ठूलो रंगशाला पनि हो । यसको खास दर्शक क्षमता ८१ हजार ६ रहेपनि विश्वकपलाई ध्यानमा राखेर त्यसलाई घटाएर ७८ हजार ११ कायम गरिएको छ । यो त्यही रंगशाला हो, जहाँ सन् १९८० को ओलम्पिक्स आयोजित गरिएको थियो । रुसमा जति पनि ठूला खेल महोत्सव भएका छन्, अधिकांश यहीँ भएका छन् । त्यसैले यो रंगशालालाई तत्कालीन सोभियत संघ तथा अहिलेको रुसको प्रतिष्ठासँग जोडेर हेरिन्छ ।

रूसको टिमलाई हिरो जस्तै स्वागत

विश्वकपमा तल्लो र्‍यांकिङमा रहेर पनि सानदार प्रदर्शन गर्न सफल आयोजक देश रूसको टिमले क्वाटरफाइनलमा हारे पनि भव्य स्वागत भएको छ । रूसको सडकमा घरेलु प्रशंसकले हातमा ब्यानर र झन्डा लिएर ‘हामी तिमीहरू प्रति गौरवान्वित छौ’ भन्ने नारा लगाएका थिए । रूसको फुटबल टिमले पनि आफूहरूको आँखामा आँसु भए पनि गर्वका साथ शिर उठाएर खेलबाट बाहिर भैरहेको ट्विट गरेको थियो ।

भाग्यमानी ब्राजिल

विश्वकप–२०१८ मा खराब खेल्दै चाँडै घर फर्किएका टिमले विरलै राम्रो स्वागत पाए । सफलतामा खुसी हुने फुटबल प्रशंसकसँग खराब प्रदर्शनमा रिसाउने अधिकार हुन्छ । यो मामिलामा ब्राजिल भने भाग्यमानी रह्यो । क्वाटरफाइनलबाट बाहिरिएको ब्राजिलीयन टिम जब आफ्नो देश फर्कियो, त्यहाँ टिमका समर्थकहरूले उनीहरूको भव्य स्वागत गरे ।

सम्भवत: खेलाडीहरूले पनि यस्तो होला भनेर अपेक्षा गरेका थिएनन् । त्यसैले उनीहरूको खुसी पनि हेरिनसक्नु थियो । त्यसमाथि प्रशिक्षक टिटेले विश्वकपपछि पनि ब्राजिलीयन टिम सम्हालिरहने अवसर प्राप्त गरेका छन् ।

एयरपोर्टमा एक्लो मेसी

लियोनल मेसी जस्ता खेलाडीलाई एयरपोर्टमा स्वागत गर्न फ्यानहरूको भीड लाग्नुपर्ने हो, तर यस पटक त्यस्तो भएन । विश्वकप–२०१८ मा अर्जेन्टिना राउन्ड अफ १६ बाटै बाहिरिए पछि मेसीसहितका अर्जेन्टिनी खेलाडीहरू स्वदेश फर्किए । एयरपोर्टमा उनीहरूको स्वागतका लागि कुनै भीड थिएन । मेसीलाई लिन उनकी श्रीमती एन्टोनेला रोकुजु एक्लै पुगेकी थिइन् । मेसी एक्लै एयरपोर्टबाट बाहिर निस्किए र त्यहाँ उपस्थित केही सञ्चारकर्मीको कुनै पनि प्रश्नको जवाफ दिएनन् अर्थात चुपचाप घर फर्किए ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...