Sunday 19th May 2024

रूस विश्वकप २०१८ को अाज समापन


तितोपाटी – अाज राती विश्वकप–२०१८ मा पूर्ण विराम लाग्नेछ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता अहिले आफ्नो अन्तिम चरणमा छ । दुई युरोपेली देशबीचको खेलसँगै रुसमा यसपल्टको विश्वकप टुंगिनेछ । कस्तो हुनेछ त, यसपटकको समापन समारोह ? अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) तथा आयोजक देशले यस विषयमा कुनै जानकारी दिएका छैनन्, तर यति भनेका छन्, यो सम्झन लायक हुनेछ ।
ओलम्पिकको जस्तो विश्वकप फुटबलको समापन समारोह हुँदैन । फाइनल खेल सुरु हुनुभन्दा एक घन्टाअघि समापन समारोह सुरु हुनेछ । रुसी राष्ट्रपति भ्यादिमिर पुटिन तथा फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कार्यक्रमका प्रमुख अतिथि हुनेछन् । पुटिनले आफू विश्वकपका अन्तिम दिनको कार्यक्रममा उपस्थिति हुने औपचारिक जानकारी दिइसकेका छन् । उनी सफल विश्वकपको जस लिन पनि कार्यक्रममा पुग्नेछन् ।

समापन समारोह खासमा संगीतमय हुनेछ र त्यस क्रममा रूसले आफ्नो संस्कृति तथा इतिहास देखाउने प्रयास गर्नेछ, जसका लागि अहिलेसम्म तय भैसकेका कलाकार हुन् साकिरा, वेक्लेफ जिन तथा सान्टाना कार्लोस । फिफाले पनि उनीहरूले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने निश्चित भैसकेको बताइएको छ । फाइनल मस्कोको लुज्निकी स्टेडियममा हुनेछ र यो रुसको केन्द्रीय रंगशाला हो ।

यो पूर्वी युरोपको सबैभन्दा ठूलो रंगशाला पनि हो । यसको खास दर्शक क्षमता ८१ हजार ६ रहेपनि विश्वकपलाई ध्यानमा राखेर त्यसलाई घटाएर ७८ हजार ११ कायम गरिएको छ । यो त्यही रंगशाला हो, जहाँ सन् १९८० को ओलम्पिक्स आयोजित गरिएको थियो । रुसमा जति पनि ठूला खेल महोत्सव भएका छन्, अधिकांश यहीँ भएका छन् । त्यसैले यो रंगशालालाई तत्कालीन सोभियत संघ तथा अहिलेको रुसको प्रतिष्ठासँग जोडेर हेरिन्छ ।

रूसको टिमलाई हिरो जस्तै स्वागत

विश्वकपमा तल्लो र्‍यांकिङमा रहेर पनि सानदार प्रदर्शन गर्न सफल आयोजक देश रूसको टिमले क्वाटरफाइनलमा हारे पनि भव्य स्वागत भएको छ । रूसको सडकमा घरेलु प्रशंसकले हातमा ब्यानर र झन्डा लिएर ‘हामी तिमीहरू प्रति गौरवान्वित छौ’ भन्ने नारा लगाएका थिए । रूसको फुटबल टिमले पनि आफूहरूको आँखामा आँसु भए पनि गर्वका साथ शिर उठाएर खेलबाट बाहिर भैरहेको ट्विट गरेको थियो ।

भाग्यमानी ब्राजिल

विश्वकप–२०१८ मा खराब खेल्दै चाँडै घर फर्किएका टिमले विरलै राम्रो स्वागत पाए । सफलतामा खुसी हुने फुटबल प्रशंसकसँग खराब प्रदर्शनमा रिसाउने अधिकार हुन्छ । यो मामिलामा ब्राजिल भने भाग्यमानी रह्यो । क्वाटरफाइनलबाट बाहिरिएको ब्राजिलीयन टिम जब आफ्नो देश फर्कियो, त्यहाँ टिमका समर्थकहरूले उनीहरूको भव्य स्वागत गरे ।

सम्भवत: खेलाडीहरूले पनि यस्तो होला भनेर अपेक्षा गरेका थिएनन् । त्यसैले उनीहरूको खुसी पनि हेरिनसक्नु थियो । त्यसमाथि प्रशिक्षक टिटेले विश्वकपपछि पनि ब्राजिलीयन टिम सम्हालिरहने अवसर प्राप्त गरेका छन् ।

एयरपोर्टमा एक्लो मेसी

लियोनल मेसी जस्ता खेलाडीलाई एयरपोर्टमा स्वागत गर्न फ्यानहरूको भीड लाग्नुपर्ने हो, तर यस पटक त्यस्तो भएन । विश्वकप–२०१८ मा अर्जेन्टिना राउन्ड अफ १६ बाटै बाहिरिए पछि मेसीसहितका अर्जेन्टिनी खेलाडीहरू स्वदेश फर्किए । एयरपोर्टमा उनीहरूको स्वागतका लागि कुनै भीड थिएन । मेसीलाई लिन उनकी श्रीमती एन्टोनेला रोकुजु एक्लै पुगेकी थिइन् । मेसी एक्लै एयरपोर्टबाट बाहिर निस्किए र त्यहाँ उपस्थित केही सञ्चारकर्मीको कुनै पनि प्रश्नको जवाफ दिएनन् अर्थात चुपचाप घर फर्किए ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...