Friday 9th October 2026

इंगल्याण्डलार्इ हराएर बेल्जियम विश्वकप २०१८मा तेश्रो बन्यो


तितोपाटी – इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो ।

फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका हुन् । खेलको ४ मिनेटमा नै गोल गर्दै म्युनियरले सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक शून्यले अग्रता बनाएको बेल्जियम दोश्रो हाफमा भने निकै दबाबमा आएको थियो । तर, खेलको ९० मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

इंग्ल्याण्डले बललाई आफ्नो पक्षमा राखेपनि कुनै गोल भने गर्न सकेन र बेल्जियम रुस विश्वकपमा तेश्रो स्थान हात पार्न सफल भयो । अब उपाधिका लागि भने आइतबार लुझिन्की रंगशालामा फ्रान्स र क्रोएसिया आमने–सामने हुँदैछन् ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...