Wednesday 23rd September 2026

बढ्दो विश्व तापमानको कारण प्रकृतिमा असन्तुलन


तितोपाटी – अहिले तपाईं हामीले अनुभव गरिरहेकै छौं, लेकाली भेगमा पनि तापमान बढेको छ । मधेसमा त गर्मीको राप थामिसक्नु छैन । चाँदी झै टल्कने सेता हिमाल पग्लिएर कालो पत्थरमा रुपान्तरण हुँदैछ ।

दुई महिनापछि पाक्ने बाली अगाडि नै पाक्न थालेका छन् । हिँउ नपर्ने सिनजमा हिँउ बर्षन थालेको छ । पानी नपर्ने सिजनमा पानी पर्न थालेको छ । मौसमी अनुमान सोचेभन्दा फरक हुँदै गएको छ । त्यही कारण कतिपय प्राकृतिक कुराहरुमा समेत असन्तुलन देखिदैछ । आखिर किन ? के भइरहेको छ यो ?

खासमा यसको एउटै जड हो, अनियन्त्रित रुपमा बढ्दो विश्व-तापमान । अर्थात चलनचल्तीको भाषामा, ग्लोबल वार्मिङ । विश्व समुदायको लागि यो ठूलो टाउको दुखाईको विषय हो । किनभने प्रकृतिको यो असन्तुलनले सिंगो विश्वलाई संकटग्रस्त बनाउन सक्छ । त्यसको घानमा मानव समुदाय पनि पिसिनेछन् ।

जबकी विश्व-तापमानका जिम्मेवार उनै मानव समुदाय हुन् । अर्थात हाम्रै कारण ग्लोवल वार्मिङ बढ्दो छ । मानव निर्मित र सिर्जित कृतिम उत्पादनहरु अहिले ग्लोवल वार्मिङको कारक बनेको छ । त्यसैले प्रकृतिप्रतिको यो अत्याचार नियन्त्रण गर्ने दायित्व पनि हामी मानव समुदायकै हो ।

अनुमानभन्दा दुई गुणा बढ्न सक्ने

पृथ्वीका तापक्रममा भइरहको वृद्धिलाई दुई डिग्री सेल्सियसलाई भन्दा कममा सिमित गर्ने लक्ष्य पुरा भएमा पनि जलवायुको मण्डलमा अनुमान भन्दा दुई गुणा गर्मी बढ्न सक्ने एक अध्ययनले बताएको छ ।

‘नेचर जियोसाइन्स’ पत्रिकामा प्रकाशित एक अध्ययन अनुसार यदि पेरिस जलवायु लक्ष्य पुरा भएपनि समुन्द्रको सतह छ मिटर वा त्यसभन्दा धेरै माथि जान सक्छ ।

यो निष्कर्श पछिल्लो ३५ वर्षको समयका तीन गृष्म ऋतुको अवलोकनात्मक प्रमाणमा आधारित रहेको छ जब, पृथ्वी १९ औं शताब्दी भन्दा पहिलेको औद्योगिक तापमानको तुलनामा ०.५ बाट २ डिग्री सेल्सियस धेरै गर्मी थियो ।

अनुसन्धानमा धु्रविय हिमच्छदको विशाल इलाका ढल्न सक्ने इको सिस्टममो महत्वपूर्ण परिवर्तन आउन सक्ने तथ्य पत्ता लागको छ । यसले सहारा मरभूमीमा हरियाली छाउनेछ भने ट्रपिकल वनका किनारहरु आगोले घेरिएको सवाना मैदानमा परिवर्तन हुन सक्छन् ।

स्विजरल्याण्डको बर्न विश्वविद्यालयका प्राध्यापक हुबर्टस फिशरका अनुसार पछिल्ला गृष्म ऋतुको अवलोकन गर्दा जलवायु मण्डलमा राम्रोसँग पेश नगरिएको प्रवर्द्धनकारी तन्त्रले जलवायु मण्डलको पूर्वानुमानहरु भन्दा अझै धेरै दिर्घकालिन तापक्रम वृद्धि हुने बताउँछ ।

फिसरले भने, ‘यसले पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसको वृद्धिबाट बच्नको लागि कार्बन बजेट अनुमान भन्दा धेरै कम हुन सक्ने देखाउँछ जसले पेरिस लक्ष्य पुरा गर्ने त्रुटीको दायरा धेरै कम गर्छ ।’


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...