Tuesday 6th October 2026

इंगल्याण्ड स्वीडेनलार्इ २-० ले हराउँदै सेमीफाइनलमा प्रवेश गर्यो


तितोपाटी – स्वीडेनविरुद्धको क्वार्टर फाइनलको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले ‘हेडर’ अर्थात टाउकोले गरेका दुई गोलले ऊस्को सेमिफाइनलको यात्रा सुनिश्चित गरिदिएका छन्।

इङ्ग्ल्यान्डको तर्फबाट ह्यारी म्याग्वाएर र डेली अलीले गोल गरेका थिए। सन् १९९९० यता इङ्ग्ल्यान्ड चार टोलीबीच प्रतिस्पर्धा हुने सेमिफाइनलको चरणमा पुग्न सकेको थिएन।

स्वीडनलाई हराएपछि अब २८ वर्षपछि इङ्ग्ल्यान्ड सेमिफाइनल पुगेको छ। स्वीडन चाहिँ सन् १९९४ मा क्वार्टर फाइनल चरण पार गर्दै अघि बढेर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।

शनिवार रातिको अर्को खेल रुस र क्रोएशियाबीच भैरहेको छ भने पहिलो हाफमा १-१ गोल गरेर दुबै टिम समानान्तर रूपमा रहेको भए पनि रूसलार्इ क्रोएशियाले दवावमा पारिरहेको छ ।

यसपालीको विश्वकप पनि इतिहासमैँ लगातार चौथो पटक कुनै युरोपेली टोलीले जित्ने पक्कापक्की भएको छ।

शुक्रवारको खेलमा बेल्जियमले ब्राजिललाई २-१ ले पराजित गर्दै आफ्नो स्थान पक्का गरेको थियो। त्यस्तै फ्रान्सले उरुग्वेलाई २-०ले पराजित गरेको थियो।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...